भरतपुरले उठायो २६.८३ अर्ब राजस्व, पूरा भएन लक्ष्य
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा २६ अर्ब ८३ करोड पाँच लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयले अघिल्लो आवमा २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो।
