SHARE
मकालु खबर · आइबार​ १५ भौ २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि पुनः सञ्चालन

मुस्ताङ । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।