लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा गुरुङ निर्वाचित
सिन्धुपाल्चोक । नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षमा विश्वराज गुरुङ निर्वाचित भएका छन् । शुक्रबार मेलम्चीमा भएको प्रथम जिल्ला अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिले जनाएको छ। लोकतान्त्रिक खेलकुद संघमा आबद्ध भएकालाई खेल क्षेत्रलाई सुधारसँगै राजनीतिक परिवेशको प्रशिक्षणसमेत दिने गरिएको छ।
