जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन: देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारमाथिको कुनै पनि दमन स्वीकार्य नहुने बताएका छन्। उनले लोकतन्त्र, संविधानवाद र जनअधिकारको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व रहेको उल्लेख गरेका छन्।
