सिप्रिङ खोलामा आएको बाढीले जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति, एक वृद्ध बेपत्ता
रामेछाप। अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको बाढीले एक वृद्धलाई बगाएको छ । गौरीशंकर गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गए राति करिब ११ बजेतिर आएको बाढीले बगाएको हो। यस्तै, सिप्रिङ खोला जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी फसेका छन्।
