काठमाडौँ महानगरपालिकाको आन्तरिक आयमा ५ वर्षको विश्लेषण : लक्ष्य र आय दुवैमा बढोत्तरी
काठमाडौँ । आन्तरिक आय संकलनतर्फ काठमाडौँ महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/०८३ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा राजस्व सङ्कलनको दायरा र परिमाण दुवैमा विस्तार भएको देखिएको हो । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, आर्थिक ऐन २०८३ का बारेमा वडा सचिव र लेखामा काम गर्ने कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरणमा विभागका प्रमुख दिपक अधिकारीले तुलनात्मक विवरण प्रस्तुत गर्नुभएको हो । अभिमुखीकरणमा महाशाखा प्रमुख बिमला कोइरालाले, विगत वर्षहरुका करका दर, ती दरहरुका शीर्षकहरुमा गरिएको संशोधन तथा वार्षिक लक्ष्यका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । चालु आर्थिक वर्षको प्रारम्भ देखि नै राजस्व वेरुजुका विषयमा संवेदनशील हुनुहोला ।
