छिमेक लघुवित्तको ४,४१४ कित्ता संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन माग
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत ४ हजार ४१४ कित्ता शेयर बिक्रीका लागि १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ। संस्थाका अनुसार संस्थापक शेयरधनी दिनेश कुमार साहले आफ्नो नाममा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्री गर्न आवश्यक स्वीकृतिका लागि सञ्चालक समितिसमक्ष आवेदन दिएका थिए।
