चन्द्रागिरि साकोसलाई ओकूको ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’
काठमाडौं । नेपाली सहकारी अभियानले अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विश्व ऋण परिषद् (ओकू) ले प्रदान गर्ने ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ काठमाडौंको थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जितेको छ । यो अवार्ड प्राप्त गर्ने चन्द्रागिरि नेपालकै पहिलो संस्था बनेको छ ।
