जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना
काठमाडौं । सिर्सिया नदी प्रदूषण नियन्त्रणमा सरकारले कडाइ गर्दै वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने १० उद्योगलाई कारबाही गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गरिएको अनुगमनमा प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि ती उद्योगलाई जनही १० लाख रुपैयाँका दरले जरिवाना गरिएको हो।
