दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुलीबाट प्राप्त रकममार्फत दुई समस्याग्रस्त सहकारी संस्थाका १२५ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाइँ हाम्रो सहकारीका ९० जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्। पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको समितिले जनाएको छ।
