टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेकले जिते बीवाईडी एट्टो १ ईभी, १२ जनाए पाए ‘आइफोन १७’
काठमाडौं । आईएमईमा रेमिट्यान्स पठाएका अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । आईएमईले सञ्चालन गरेको ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत साउदी अरबबाट रकम पठाएका कालाखेती मेगा पुरस्कार विजेता बनेका हुन् । आईएमईले मंगलबार आयोजना गरेको एक कार्यक्रममा अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई उक्त विद्युतीय सवारी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
