SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

कीर्तिपुरमा रोकिराखिएको कारमा आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं। कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकिराखिएको एक कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। बा५च ३०३८ नम्बरको कारमा सोमबार आगलागी भएको थियो। प्राप्त प्रारम्भिक जानकारीअनुसार कारभित्र सिटबेल्ट लगाएकै अवस्थामा रहेका चालकको जलेर मृत्यु भएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन। स्थानीयवासीले कारबाट धुवाँ र आगो निस्किएको देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार