स्वास्थ्य र शिक्षा क्षेत्रको ३ प्रतिशत समता कर लागू गर्न पछि हट्यो सरकार, प्रधानमन्त्रीले गरे घोषणा
काठमाडौं। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू गर्नबाट सरकार ब्याक भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
