हर्क साम्पाङ जानकी मन्दिरमा जाने विषयलाई लिएर तनाव, कार्यकर्ता लखेटिए
जनकपुरधाम। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको जानकी मन्दिर दर्शन कार्यक्रमलाई लिएर जनकपुरधाममा तनाव सिर्जना भएको छ। साम्पाङको स्वागतका लागि पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दूवादी समूहका कार्यकर्ताले जानकी मन्दिर परिसरबाट लखेटेका छन्। साम्पाङ मंगलबार जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्न जाने तयारीमा थिए।
