SHARE
अर्थ संवाद · मङगलबार ५ साउन २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

अरुणिमा शैक्षिक प्रतिष्ठानमा कक्षा ११ का विद्यार्थीलाई स्वागत, उत्तीर्णलाई सम्मान र बिदाइ कार्यक्रम ।

काठमाडौँ । अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजनामा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा कक्षा १२ को बोर्ड परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बिदाई एवं सम्मान समारोह भव्यताका साथ सम्पन्न भएको छ ।  उक्त विशेष समारोहको समुद्घाटन विज्ञान संकायका प्रमुख श्री श्यामलाल घिसिङ तथा कक्षा १२ का विद्यार्थीद्वय रोसन सुनार र अर्पणा मोक्तानले संयुक्त रुपमा संचालन गर्नुभएको थियो । अरुणिमा शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका सदस्य एवं अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष श्री शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक श्री ईश्वरीप्रसाद लामिछाने, गोपाल बराल, सुभद्रा फुँयाल, अर्जुन शाक्य, प्रतिष्ठानका गुठियारहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अरुणिमा शिक्षा सदनका प्रधानाध्यापक शोभा खनाल, शिक्षक–कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्ष तथा अन्य अतिथिहरुको संयुक्त हातहरुबाट पानसमा दियो बालेर राष्ट्रिय गानको उच्च ध्यनीसँगै कार्यक्रम सुरुवात भएको थियो । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा माध्यमिक तह (कक्षा १२) को राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा ल्याई विद्यालयको गरिमा र गौरव बढाउने विद्यार्थीहरूलाई खादा, अबिर र मायाको चिनोसहित विशेष सम्मान र बधाई प्रदान गरिएको थियो । कार्यक्रमका अध्यक्ष शम्भुप्रसाद बडाल, नव अरुणिमा व्यवस्थापनका अध्यक्ष गोपाल बराल, कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछाने, क्याम्पस प्रमुख केशवप्रसाद जोशी लगायतका अतिथिहरूले उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।