लक्ष्मी सनराइज बैंकले १० वर्ष अवधिको ३ अर्ब रुपैयाँको डिबेञ्चर बिक्री खुला गर्दै
काठमाडौं। लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ।
