सेजका उद्योगहरुले एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिदिने सरकारको चेतावनी
काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका तर लामो समयदेखि भाडा तथा सेवा शुल्क नतिर्ने उद्योगमाथि सरकारले थप कडाइ गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि सेज प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण रकम बुझाउन अन्तिम सूचना जारी गरेको छ।
