SHARE
अर्थ संवाद · सोमबार १६ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

अरुणिमाद्वारा कक्षा १२ उत्तिर्णलाई सम्मान तथा ११ मा भर्ना भएकालाई स्वागत 

भाद्र १५, काठमाडौं । काठमाडौँ, बौद्ध स्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा अरुणिमा कलेजका प्रिन्सिपल केशव प्रसाद जोशीले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रम र उपलब्धि बारे प्रकाश पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अरुणिमा कलेजका प्रोग्राम म्यानेजर विपुल राज मानन्धरले स्नातक तहमा अध्ययन गर्न उचित विषय तथा गुणस्तरीय कलेज छनोटमा चनाखो रहन सुझाव दिनुभयो ।