आफ्नै प्रविधिको ‘ड्रागन आर्मर’ ब्याट्रीसहित नेपाल आयो ‘जीडब्लुएम ओरा ५’
काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा आफ्नै प्रविधिको ‘ड्रागन आर्मर’ ब्याट्रीसहित नेपाल जीडब्लुएम ओरा ५ आएको छ । अधिकांश अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि जीडब्लुएम भने आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जी मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्ने विश्वका सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो।
