नेपाल–स्पेन व्यापार सहकार्य विस्तारतर्फ, दुई चेम्बरबीच एमओयू गर्ने तयारी
काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। दुवै संस्थाले सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी सहकार्यलाई संस्थागत बनाउने तयारी गरेको जनाएका छन्।
