चिनियाँ लक्जरी ईभी ब्रान्ड हङसी नेपाल आउँदै
काठमाडौं । चिनियाँ राष्ट्रपति चढ्ने लक्जरी कार ब्रान्ड हङसी नेपाल भित्रिने भएको छ। चिनियाँ सवारी उत्पादक एफएडब्लू ग्रुपअन्तर्गतको यो प्रिमियम ब्रान्डका विद्युतीय एसयूभीहरू नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक प्रदर्शनीमा राखिने भएको हो। हङसीको आधिकारिक बिक्रेता एडभान्स्ड अटोमोबाइल प्रालिले नेपालमा ब्रान्ड भित्र्याउन सम्झौता गरिसकेको छ।
