गैरकानुनी व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी
काठमाडौं। बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको बिक्री वितरण बढेको गुनासो आएपछि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीलाई कानुनी दायरामा ल्याउने जनाएको हो।
