SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

निकुञ्जभित्र हराएका १४ महिला सम्पर्कमा, सबै सकुशल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिला सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाहरू आइतबारदेखि सम्पर्कविहीन बनेका थिए। निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार महिलाहरू परिवारको सम्पर्कमा आइसकेका छन् र सबै सुरक्षित रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार