कक्रोच जनता पार्टीको संसद् मार्चमा दिल्ली प्रहरीले गर्यो लाठीचार्ज, धर्मेन्द्र प्रधानले भेटे गृहमन्त्री
काठमाडौं । भारतको नयाँदिल्लीमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको संसद् मार्चमा प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीको कारबाहीमा कैयौँ प्रदर्शनकारी घाइते भएका छन्। सोमबार संसद् भवनतर्फ अघि बढ्न खोजेका हजारौँ प्रदर्शनकारीलाई रोक्न प्रहरीले जन्तर–मन्तर क्षेत्रमै कडा सुरक्षा व्यवस्था गरेको थियो।
