रिज लाइन इनर्जीले तिला–१ जलविद्युत् आयोजनामा २० करोड लगानी गर्ने
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले कालिकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनामा दुई करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको ११८औँ बैठकले एससी पावर प्रालिले प्रवर्द्धन गरिरहेको तिला–१ आयोजनामा ‘राइट शेयर’ जारी हुँदा एससी पावरको संस्थापक शेयरमा दुई करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।
