SHARE
ओएसनेपाल · शनिबार १४ भौ २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

काँक्रेविहार (सुर्खेत), १४ भदौः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनको बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रसारणलाइनअन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेका विभिन्न संरचनाको निरीक्षण गर्दै आज उहाँले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।