रसुवागढी हाइड्रोपावरको निमित्त नेतृत्वमा पुष्कर अमात्य
काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्यलाई नियुक्त गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा काज फिर्ता भएपछि कम्पनीको सञ्चालक समितिले अमात्यलाई निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
