महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुनेछः उपमहासचिव ज्ञवाली
काठमाडौँ, १४ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारहरूसँग संवाद कार्यक्रममा उहाँले महाधिवेशनमा नेपाली समाजको आर्थिक र वर्गीय विश्लेषण हुने बताउनुभयो ।
