चौरासीको निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्छः लिङ्देन
झापा, १४ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उहाँले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताउनुभयो ।
