पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड ईभी आउटलेट सञ्चालन
काठमाडौं। सीजी मोटर्सले पोखरामा नयाँ मल्टि–ब्राण्ड विद्युतीय सवारी (ईभी) आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री भीम कार्कीले हालै उद्घाटन गरेको उक्त आउटलेटमा तीन विश्वप्रसिद्ध ईभी ब्राण्डका सवारी अवलोकन, टेस्ट ड्राइभ, बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध हुनेछ। सीजी मोटर्सका अनुसार उपत्यकाबाहिर ईभीको पहुँच विस्तार गर्ने रणनीतिअनुसार आउटलेट सञ्चालनमा ल्याइएको हो।
