सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस गर्नुपर्छ : गगन थापा
गण्डकी (पोखरा)। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन, संविधानको संस्थागत विकास र सङ्घीयताको सुदृढीकरणलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाज, कास्कीले आइतबार पोखरामा आयोजना गरेको ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले संविधान संशोधनका लागि पहिला स्पष्ट प्राथमिकता तय गर्नुपर्ने बताए।
