फेसबुकको ब्राउजर भर्सन डाउन, हजारौं प्रयोगकर्ता प्रभावित
काठमाडौं। आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको सेवा आंशिक रूपमा अवरुद्ध भएको छ। साइटमा प्राविधिक समस्या देखिएपछि धेरै प्रयोगकर्ताले फेसबुकको ब्राउजर भर्सन प्रयोग गर्न नसकेको बताएका छन्। समस्या देखिएका प्रयोगकर्तालाई फेसबुकले, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ।
