SHARE
बासुरी खबर · बुधबार २१ जेठ २०८२ ०४:०९ PM · 1 मिनेट पढाइ

स्वास्थ्य क्षेत्रमा हेलम्बू गाउँपालिकाको सराहनीय कार्य

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अध्यक्षतामा गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।