चेल्सीसँग फुलहम पराजित
एजेन्सी – चेल्सीले स्टामफोर्ड ब्रिजमा आज फुलहमलाई २-० ले हराउँदै प्रिमियर लिग २०२५/२६ सिजनको पहिलो घरेलु जित दर्ता गरेको छ। खेलमा एन्जो फर्नान्डेज निर्णायक बने। उनले पहिलो हाफको इन्ज्युरी समयमा दिएको कर्नरमा जोआओ पेड्रोले हेडिङ गोल गर्दै अग्रता दिलाए। त्यसपछि ५६औं मिनेटमा फर्नान्डेजले नै पेनाल्टीमार्फत गोल थपे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
