SHARE
हाम्रो खेलकुद · शनिबार १४ भौ २०८२ ०४:५९ PM · 1 मिनेट पढाइ

म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेलमा पहिलो जित निकालेको छ। ओल्ड ट्राफर्डमा आज भएको रोमाञ्चक खेलमा युनाइटेडले बर्नलीलाई ३-२ ले पराजित गरेको छ। इन्ज्युरी टाइमको सातौँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै युनाइटेडलाई सिजनको जित दिलाए। गत हप्ता फुलहमविरुद्ध पेनाल्टी चुकाएका फर्नान्डेज यसपटक सफल भए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद