विश्वकपबाट फिफाले १५ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी विश्वकपबाट करिब १५ अर्ब अमेरिकी डलर बराबरको आम्दानी हुने प्रक्षेपण सार्वजनिक गरेको छ। यो रकम प्रतियोगिता सुरु हुनुअघि अनुमान गरिएको ११ अर्ब डलर भन्दा उल्लेख्य रूपमा बढी हो, जसले विश्वकपलाई खेलकुदसँगै विश्वकै सबैभन्दा ठूलो आर्थिक गतिविधिमध्ये एकका रूपमा स्थापित गरेको विश्लेषणहरु हुन थालेका छन्।
