विश्वकप फाइनलमा अनुभव र युवा जोशको महासंग्राम, रोजाइमा मेस्सी र यामाल
काठमाडौं । विश्व फुटबलका समर्थकहरू अहिले एउटा ऐतिहासिक प्रतिस्पर्धाको प्रतीक्षामा छन् । एकातिर विश्व फुटबलका महान् खेलाडीका रूपमा स्थापित अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी छन् भने अर्कोतिर स्पेनका युवा सनसनी लामिन यामाल । फुटबलप्रेमीका लागि यो खेल दुई राष्ट्रबीचको प्रतिस्पर्धा मात्र होइन, दुई पुस्ता, दुई फुटबल दर्शन र दुई फरक शैलीबीचको टक्कर पनि हो ।
