SHARE
मकालु खबर · शनिबार १४ भौ २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

बोली–व्यवहार नरम बनाउनुस् : बालेन्द्र साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् । तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे ।