SHARE
कर्पोरेट समाचार · बिहीबार २२ जेठ २०८२ ०३:०४ PM · 1 मिनेट पढाइ

नेपाल र हङ्कङबीचको खेल बराबरी

काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार