पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, आईपीओ तयारी अन्तिम चरणमा
काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा सक्रिय पैचो पसलले संस्थागत विकासको नयाँ चरणमा प्रवेश गरेको छ। आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै कम्पनी ‘पैचो पसल प्रालि’बाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको हो।
