साउन लागेसँगै हरियो चुरा, पोते र मेहेन्दीको व्यापार बढ्यो
काठमाडौं । साउन महिना सुरु भएसँगै काठमाडौंका प्रमुख बजारमा हरियो चुरा, पहेँलो पोते र मेहेन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार महिलाले साउनभर हरियो चुरा, पोते र मेहेन्दी लगाउने चलनका कारण बजारमा ग्राहकको चहलपहल बढेको हो। राजधानीका असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा हरियो श्रृंगार सामग्री खरिद गर्ने महिलाको भीड देखिएको छ।
