लागत बढ्दा किसान मारमा, ट्याक्टर भाडादेखि मजदुरीसम्म महँगियो
बरहथवा । खेतीपातीको मुख्य सिजन चलिरहेका बेला सर्लाहीका किसान बढ्दो उत्पादन लागतका कारण समस्यामा परेका छन्। धान रोपाइँ ढिलो हुनुका साथै ट्याक्टर भाडा, मजदुरी र कृषि सामग्रीको मूल्य बढेपछि किसानको खेती झन् महँगो बन्दै गएको छ। बरहथवा नगरपालिका–५ हात्तीडाँडाका किसान दिनेश महतो अहिले १५ कट्ठा जमिनमा धान रोपाइँमा व्यस्त छन्।
