आइसियुदेखि एमआरआईसम्म पत्रकारलाई ५० प्रतिशत छुट
बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई प्रदेश अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवामा उक्त सहुलियत उपलब्ध गराइने जानकारी दिएका हुन् ।
