चालु आवमा राजस्व संकलनमा सुधार, लक्ष्यको करिब ८३ प्रतिशत उठ्यो
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन बाँकी रहँदा सरकारले कुल राजस्व लक्ष्यको करिब ८३ प्रतिशत संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो। सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
