कतारमा रहेका नेपालीलाई एनआईसी एशिया क्यापिटलको लगानी साक्षरता कार्यक्रम
काठमाडौं । एनआईसी एशिया क्यापिटलले विदेशमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गर्दै पहिलोपटक कतारमा वित्तीय तथा लगानी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने नारासहित कतारको दोहामा ‘वे टु सक्सेस कन्सल्टिङ एण्ड ट्रेनिङ सेन्टर’ कार्यक्रम आयोजना गरेको हो ।
