किस्टमा १७औँ पटक सफल कलेजो प्रत्यारोपण, छोरीले दिइन् बुबालाई नयाँ जीवन
ललितपुर । किस्ट शिक्षण अस्पतालअन्तर्गत सञ्चालित किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रतर्फ आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले उनीहरुको नाम भने खुलाएको छैन् ।
