काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान समितिका पदाधिकारी बिच दोस्रो बैठक सम्पन्न
काठमाडौँ । एकै समय, एउटै संयन्त्र, एउटै प्रक्रिया र व्यवस्थाबाट ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’ ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’ को आवास सम्बन्धी अधिकार प्रदान गर्नु पर्ने बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, कारण वा अवस्था जे भए पनि आवासको अधिकार सुनिश्चित नभएका परिवारलाई सबै परिवारप्रति समान दृष्टि राख्नु पर्ने बताउनुभयो । हामी कसैलाई पनि विभे गर्न सक्दैनौँ । अहिले, जग्गामा अधिकार दिन खोजिएको हो कि आवासको अधिकार सुनिश्चित गर्न खोजिएको हो, स्पष्ट हुनुपर्नेछ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलासहित समितिका सदस्य, अव्यवस्थित बसोबासको चाप भएका महानगरपालिकाका वडाका अध्यक्षसहितको वैठकमा उहाँले, समस्या जग्गाको अधिकारभन्दा आवासको अधिकार दिगो हुने धारणा राख्नुभयो । ‘जसको केही छैन ।
