सुनको मूल्य बढ्दा चाँदी घट्यो, आजको कारोबार मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन दुई लाख ८५ हजार दुई सय रूपैयाँ निधाएरण भएको छ ।
