SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

१० दिनदेखि लुलाङका चार सय परिवार अन्धकारमा

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४००अविद्युत् सुविधाबाट वञ्चित भएका छन् । चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार