३३ औँ महानगर प्रहरी दिवस भदौ १४ गते मनाइँदै
काठमाडौ - काठमाडौँ महानगर प्रहरी बलले भदौ १४ गते बिहान ९:०० बजे राष्ट्रिय सभा गृहमा ३३ औँ महानगर प्रहरी दिवस मनाउने भएको छ। कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहनेछ। महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले यो औपचारिक कार्यक्रमको जानकारी दिनुभएको छ। पाण्डेका अनुसार "महानगर प्रहरी बलले आफ्नो ३३ ओैँ स्थापना दिवसको सुखद् अवसरमा भदौ ११ गते स्वयम्भू परिसरको विशेष सरसफाइ गरेको थियो भने भदौ १२ गते नयाँ वानेश्वरदेखि पुरानो वानेश्वरसम्म सरसफाइ गरेको थियो । त्यस्तै आज भदौ १३ गते बिहान बालाजु पार्कभित्र वृक्षारोपण सम्पन्न गरेको छ ।
